विज्ञापन
No data was found

'पाथीभरा केबलकार विरुद्ध सर्वोच्चमा रिट'

काठमाडौं- पाथिभरा/मुक्कुमलुङ सम्पदाको संरक्षण गर्न र केवलकार परियोजना खारेज गर्न माग गर्दै आन्दोलन पक्षधर फुङलिङ निवासी नबराज गुरुङ लगायत ८ जनाले सर्वाेच्च आदालतमा रिट दायर गरेका छन् ।

विज्ञापन

रिटमा पाथिभरा देवी दर्शन केवलकार प्रा.लि. र नेपाल सरकार समेत १४ जनालाई प्रतिवादी बनाइएको छ ।

विज्ञापन

मन्त्रिपरिषदले ०७५ चैत्र १८ गते निर्णय गरेर पाथिभराको धाममा रहेको वनको जग्गा प्रदान गरेर केबलकार बनाउने कार्यले लिम्बु समुदाय, हिन्दु र बौद्ध धर्माबलम्बी लगायत सम्पर्ण नेपालीहरुले एक आध्यत्मिक शक्तिको स्रोतको रुपमा मान्दै आएको विश्वास र आस्थामा असर पर्ने भएकाले केवलकार खारेजीको माग रिटमा गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा १६ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुनुका साथै राज्यले शक्ति परिचालन गरी धरपकड गर्ने, धम्क्याउने र बिना कारण गोली हानेर निहत्था नागरिकहरुको ज्यानै लिनेसम्म प्रयत्न गरेको निवेदकहरुले दावी गरेका छन् ।

​संविधानको धारा १७(२)(ख) ले प्रत्याभूत गरेको विना हातहतियार शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रताको हनन् हुनुका साथै संविधानको धारा २६ (२) ले प्रत्याभूत गरेको प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थलको संरक्षण गर्ने हक पनि उल्लंघन भएकाले उत्प्रेषण तथा परमादेशको आदेश जारी गर्न रिटमा माग गरिएको छ । साथै, मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म पाथिभरा/मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउन नदिने गरी अन्तरिम आदेशको समेत माग गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित