विज्ञापन
No data was found

'कीर्तिपुर क्रिकेट मैदानको छड्के अनुगमन गर्दै शहरी विकास मन्त्री सिंह'

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन ।

विज्ञापन

बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास समेत व्यक्त गरेका हुन ।

विज्ञापन

निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए ।

ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भएपनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफुले जोड दिएको उल्लेख गरे ।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । झरी परिरहेकै बेला उपप्रधानमन्त्री सिंह कीर्तिपुर पुगेका हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले मंसिर २० गते वृहत् भेला गर्दै

चन्द्रागिरिमा छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे मेयर गिरीद्वारा उद्घाटन

मकवानपुरको थाहा नगरमा इन्द्रायणी जात्रा सुरु

के हो स्क्राबल ?

हेटौंडामा ११औं राष्ट्रिय स्क्राबल प्रतियोगिता भोलिदेखि सुरु हुँदै

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता