विज्ञापन
No data was found

'पदाधिकारी बैठकमा देउवाले भने: कांग्रेसले चाहेको व्यक्ति गभर्नर बन्छ, दुई दिन त धैर्य गर्नुस्'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भनेको मान्छे नै राष्ट्र बैंकको गभर्नर नियुक्त हुने बताएका छन् ।

विज्ञापन

बिहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति चासो राख्दै कांग्रेसले कुनै पनि हालतमा गभर्नर छाड्न नहुने दबाब सभापतिलाई दिँदै अहिले के भइरहेको छ ? भनेर प्रश्न गरेका थिए ।

विज्ञापन
नेताहरुको प्रश्नको जवाफमा देउवाले गभर्नर कसलाई बनाउने भन्ने विषयमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा भइसकेको र कुरा पनि मिलिसकेको बताए ।
‘गभर्नरमा प्रधानमन्त्री ओलीजी र मेरो कुरा मिलिसक्यो, एमाले दाबीबाटै पछि हटिसक्यो, कांग्रेसले भनेको मान्छे नै गभर्नर बन्ने हो,’ सभापति देउवाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘छिट्टै राम्रो मान्छे गभर्नर नियुक्त हुन्छ, दुई दिन त धैर्य गर्नुस् ।’

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै