विज्ञापन
No data was found

'मन्त्री विन्दु श्रेष्ठद्वारा चितवनका विभिन्न पूर्वाधार संरचनाहरूको अनुगमन'

काठमाडौं । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योगी, व्यवसायीमैत्री वातावरण बनाउन आफु मातहतका कार्यालयलाई निर्देशन दिएकी छिन् ।

विज्ञापन

उद्योग, वाणिज्य चितवन कार्यालयको अनुगमन गर्ने क्रममा प्रदेश भरिका मन्त्रालय अन्तर्गतका कार्यालयहरू छिटै प्रविधिमैत्री हुने र अब उप्रान्त घरमै बसेर व्यवसाय दर्ता र नविकरण गर्न सकिने गरि मन्त्रालयले काम गरिरहेको समेत जानकारी दिइन् ।

विज्ञापन

चितवनका विभिन्न पूर्वाधार संरचनाहरूको अनुगमनको क्रममा मन्त्री श्रेष्ठले मन्त्रालयबाट विनियोजित बजेटबाट निर्माण भएका कतिपय संरचना सम्पन भएर पनि सुचारु हुन नसक्दा जनताको अपेक्षा अनुसार कार्य हुन नसकेको तथा परिणाममुखी हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल आवश्यक कार्यविधि बनाएर ती भौतिक संरचनाहरू सञ्चालन गरिने बताइन् ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले उद्योग, वाणिज्य मन्त्रालयबाट निर्मित राप्ती उद्योग वाणिज्य संघको भवन लगायत अन्य पूर्वाधारहरूको बारेमा जानकारी समेत लिएकी थिइन् ।

सो क्रममा उद्योग, वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलले कार्यालयको गत आर्थिक वर्षको कार्य प्रगति तथा चालु आर्थिक वर्षको कार्य योजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन