विज्ञापन
No data was found

'नेकपा (माओवादी केन्द्र) को चन्द्रागिरि नगर सह-ईन्चार्जमा देवकृष्ण महर्जन चयन'

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चन्द्रागिरि नगर कमिटीको सह- ईन्चार्जमा देवकृष्ण महर्जन चयन भएका छन् ।

विज्ञापन

पार्टी सुदृढीकरण तथा संगठन विस्तारका क्रममा रहेको साथै विभिन्न कम्युनिस्ट घटकहरूबीच पार्टी एकता र कार्यगत एकताको अभ्यासमा लागेको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा महर्जनलाई चन्द्रागिरि नगरको सह-ईन्चार्जमा चयन गरेको हो ।

विज्ञापन

पार्टीको विभिन्न तहमा रहँदै आएका महर्जन यसअघि चन्द्रागिरि नगर पार्टी कमिटीको अध्यक्ष पदमा रहेर काम गरिसकेका वैचारिक तथा ईमान्दार नेताका रूपमा परिचित छन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा पहिला चन्द्रागिरि नगरपालिकाको उपमेयरको रूपमा चर्चा गरेर पछि वडा नं ३ बाट वडा अध्यक्षका उम्मेदवार बनाईएका महर्जन राष्ट्रिय नेवा: मुक्ति मोर्चाको केन्द्रिय सचिव हुन भने पार्टीका विभिन्न सहायक संगठनहरूमा समेत आवद्ध छन् ।

विविध सामाजिक गतिविधिमा सक्रिय तथा सानैदेखि कम्युनिस्ट स्कूलिङमा हुर्केका देवकृष्ण महर्जन राजनीतिमा सम्भावना बोकेका शिक्षित र दृष्टिकोण भएका युवा नेता मानिन्छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन