विज्ञापन
No data was found

'माइतीघरमा आज जेन-जीको प्रदर्शन, ‘घुसपैठ’को आशंकामा सुरक्षा रणनीति कडा'

काठमाडौं । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेन जी’ पुस्ता आज (सोमबार) राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ । बिहान ११ बजेदेखि सुरु हुने यो शान्तिपूर्ण मार्चलाई स्थानीय प्रशासनले समेत अनुमति दिएको छ । 

विज्ञापन

जेन जी आन्दोलनका आयोजकहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण र कानुनी हुने स्पष्ट पारेका छन् । उनीहरूको मुख्य उद्देश्य भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने, र प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई भ्रष्टाचारलाई निस्प्रभावी पार्नु हो । यसबाट न्याय, शान्ति र दिगो विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् । प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा कुनै पनि प्रकारको अव्यवस्था नगर्न आग्रह गरिएको छ । 

विज्ञापन

यसैबीच, माइतीघरमा हुने प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति काठमाडौंले आइतबार छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गर्दै एकीकृत सुरक्षा रणनीति तय गरेको छ ।

अराजकता फैलिन नदिन सादा पोसाकका प्रहरीसमेत परिचालन गरी सूचना संकलन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले तयार पारेको योजनाअनुसार माइतीघरमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी तैनाथ हुनेछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित