विज्ञापन
No data was found

'बाढी पहिरोबाट चन्द्रागिरि क्षेत्र पनि उच्च जोखिममा, “सावधान” रहन थानकोट प्रहरी अनुरोध'

काठमाडाैं । मौसम विभागले भारी वर्षाको आंकलन गरेपछि चन्द्रागिरि आसपास क्षेत्र समेत जोखिममा रहेको भन्दै सतर्क रहन थानकोट प्रहरी वृत्तले अनुरोध गरेको छ ।

विज्ञापन

जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज १७ गते शनिबारदेखि २० गते सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जसका कारण चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानमा बाढी पहिरो जाने सम्भावना भएको हुँदा उक्त तीन दिन अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन थानकोट प्रहरीले अनुरोध गरेको हो ।

विज्ञापन

विशेषगरि चन्द्रागिरि नगरपालिकाको मसिनेजाने बाटो, थानकोट हुँदै चित्लाङ जाने सडक, त्यस्तै मातातीर्थ चखेल जाने सडकमा बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म आवतजावत नगर्न अनुरोध गरिएको छ । शनिबार, आईतबार र सोमबारसम्म अति भारी वर्षाको पूर्वानुमानपछि चन्द्रागिरि क्षेत्र पनि जोखिममा पर्नसक्ने भन्दै पूर्व सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको हो ।

त्यस्तै, मौसम पूर्वानुमान अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई तीन वटा सडकमा आजदेखि चार दिनलाई राती आवतजावत गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचना अनुसार जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राती आउजाउ गर्न रोक लगाएको हो ।

त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र भैंसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ५ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा हुँदै कान्तिलोकपथबाट उपत्यका प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाएको छ ।

सोमबार अर्थात् असोज २० गतेसम्म सवारी साधनलाई उक्त सडक मार्ग भएर राती आउजाउ गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । भारी वर्षा हुने सम्भावना रहेकाले धनजनको क्षति हुन नदिन राती सवारी साधन आउजाउ गर्न रोक लगाइएको प्रजिअ स्किम श्रेष्ठले बताइन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित