काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित त्रिवेणी धाममा विशेष मेला लाग्दैछ । यही कात्तिक १९ गते बुधबार यहाँ विशेष मेला लाग्न लागेको त्रिवेणी धर्म संघले जनाएको हो । यस मेलामा वडा कार्यालयबाट पनि सहभागी भई मेला गर्ने भएकोले त्यस दिन वडा कार्यालय बन्द रहने जनाइएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं ७ को त्रिवेणीमा ३ पवित्र नदीहरु स्वर्णधारा (गयानदी गःखु) थानकोट शोणितपुरवाट वग्ने, शक्रदीप्ति अर्थात इन्द्रावती इन्द्रदहवाट वग्ने र भस्म गंगा (मान्खु खोला) त्रिभुवन पार्क अर्थात चन्द्रागिरि पर्वतवाट वग्ने नदीहरु मिसिएको छ । जसलाई धार्मिक ग्रन्थ नेपाल माहात्म्य हिमवत्खण्डमा लीङ्गतीर्थ भनेर चर्चा गरेको छ ।
पुराणमा वर्णित भए अनुसार यस पवित्र क्षेत्रको दर्शन गरी स्नान गरेमा विभिन्न रोगव्याधी निको भई मनले सोचेको कुरो पुग्ने कुरा उल्लेख छ ।
विज्ञापन
त्रिवेणी धर्म संघको आयोजनामा हुन लागेको विशेष स्नान मेलामा सहभागी भई पुण्य कमाउन सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा वडा कार्यालयले अनुरोध गरेको छ ।