काठमाडाैं । जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडोफोड गरेको आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना पुन: प्रहरी कार्यालयमा आफै उपस्थिति भएका छन्।
विज्ञापन
प्रहरी कार्यालय तोडफोड आरोपमा तिहारअघि नै पक्राउ परेका ८ जनालाई चाडपर्वलाई ध्यानमा राख्दै हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी प्रकाश जवेबुले जानकारी दिए।
विज्ञापन
सोमबार पुन: उपस्थित हुनेमा काभ्रेको नमबुद्ध नगरपालिका-६ का विकास तामाङ, सोही नगरपालिको वडा-१ का अमृत सुनार, भुम्लु गाउँपालिका-३ का रामशरण विक, बनेपा नगरपालिका-४ का रूपक परियार छन्।
सर्लाही लालबन्दी नगरपालिका-६ का होमबहादुर खत्री, महोत्तरी सोनाम गाउँपालिका-८ का प्रलाद ठाकुर, भक्तपुर नगरपालिका-८ का राजन माक, सिन्धुली हरिहरपुर गाउँपालिका-६ का सरोज बम्जन सोमबार कार्यालयमा आफै उपस्थित भएको उनले बताए।