काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाल,रामकुमारी झाँक्रीसहितका ६ नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
विज्ञापन
पार्टी विरोधी कार्य गरेको भन्दै केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी उनीहरूलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।
विज्ञापन
घनश्याम भुसाल,रामकुमारी झाँक्रीसहित दामोदर अर्याल,नन्दलाल बन्जाडे,धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठ (किसान)लाई पार्टी सदस्य नरहने गरी कारबाही विज्ञप्तिमा जनाइएको छ ।
