विज्ञापन
No data was found

'जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने'

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ ।

विज्ञापन

काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो ।

विज्ञापन

जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गर्दै बलिदानको नाममा सत्ता कब्जा गरेको तथा आन्दोलनका सहिदहरूप्रति विश्वासघात गरेको र कार्की नेतृत्वको सरकार सत्ता “कू”को उपज रहेको दाबी गर्दै त्यसले विद्रोहका उपलब्धिलाई मोलमोलाइ गर्न खोजेको आरोप लगाएको छ ।

जेन-जी मुभमेन्ट भेलाले दुई प्रमुख मागहरू, प्रत्यक्ष कार्यकारी प्रणाली र संस्थागत पुनरसंरचना पूर्ण नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेको छ । साथै, मुभमेन्टले अबको आन्दोलनलाई शान्तिपूर्ण तर निर्णायक बनाउने प्रतिबद्धता जनाएको छ।

जेन-जी भेलाले आगामी संघर्ष र आन्दोलनका कार्य योजनासहित निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ । भेलाले काठमाडौँमा कार्तिक २३ मा जेन्जी सभा गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै