विज्ञापन
No data was found

'नेपाल विद्यालय खेलकुद महासंघ तथा किन्डर ओलम्पिक कमिटीको आयोजनामा “किन्डर ओलम्पिक हुँदै”'

काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (NSSF) र NSSF किन्डर ओलम्पिक कमिटिको संयुक्त आयोजनामा १३ औं किन्डर ओलम्पिक पुस १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

विज्ञापन

उक्त खेल प्रतियोगितामा नेपालय इन्टरनेसनल, प्याब्सन, एनप्याब्सन, अपेन, एनएमए र इसीइटीएलगायतका संस्थाहरु, प्रि–स्कूलमा अध्ययनरत विभिन्न उमेर समूहका बालबालिका गरी करिब ५ हजारको सहभागिता रहने आयोजक संस्था मध्येका मोहन कार्कीले जानकारी दिएका छन् ।

विज्ञापन

सो कार्यक्रमका लागि आधिकारिक टेलिभिजन लाइभ पार्टनरको रुपमा काष्ठमण्डप टेलिभिजन गोल्डसँग महासंघको केन्द्रीय कार्यालयमा महासचिव राजकुमार कार्की र काष्ठमण्डप टेलिभिजन गोल्डका मार्केटिङ्ग डाइरेक्टर रोहित भट्ट बिच सम्झौता–पत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्राविधिक तयारीका लागि NSSF Kinder Olympic Committee को मंगलबार बैठकबाट १३ औं किन्डर ओलम्पिक कार्यक्रम व्यवस्थित रूपले सञ्चालन गर्न, कार्यविभाजन गरी विभिन्न उपसमितिहरू गठन गरिएको छ भने विद्यालय टिम दर्ताका लागि यहि मंसिर २२ गतेसम्मलाई खुल्ला गरिएको र आवश्यक संख्या पूरा भए पश्चात थप आवेदन नलिने आयोजकले बताएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन