विज्ञापन
No data was found

'चन्द्रागिरिमा छैटाैं राष्ट्रपति रनिङ्ग शिल्ड भोलिदेखि हुँदै'

काठमाडाैं । चन्द्रागिरिमा छैटाैं राष्ट्रपति रनिङ्ग शिल्ड भोलिदेखि सुरु हुँदैछ । चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलिदेखि तीन दिनसम्म सञ्चालन हुन लागेको हो ।

विज्ञापन

प्रतियोगितामा ४७ विद्यालयका २ हजार ७२ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् ।

विज्ञापन

प्रतियोगितामा नगरक्षेत्रका १९ सामुदायिक, २५ संस्थागत विद्यालय तथा ३ वटा क्याम्पसका ११४८ जना छात्र र ९२४ जना छात्राले मार्सल आर्टस्, भलिबल, ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स), कबड्डी खेल खेलका १७ वटा स्पर्धामा भाग लिने चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मेयर गिरीका अनुसार प्रतिस्पर्धीहरुले ५४ स्वर्ण ५४ रजत र ८० कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदानमा भोलि मंसिर १९ गते शुक्रबार बिहान १०ः३० बजे हुनेछ ।

प्रतियोगिता मंसिर २४ गते सम्पन्न हुने तालिका रहेको छ ।

विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान प्रतियोगिताको विधागत विजयी विद्यालयलाई कप तथा सबै विधामा हासिल गरेको नतिजाका आधारमा सर्वोत्कृष्ठ विद्यालयलाई रनिङ्ग शिल्ड, कप र दोश्रो तथा तेस्रो सर्वोत्कृष्ठ विद्यालयलाई कप प्रदान गरिने प्रतियोगिताका लागि २५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन