विज्ञापन
No data was found

'चन्द्रागिरिमा स्कुलस्तरीय चित्रकला प्रतियोगितामा रिब्सकी श्रीयुक्ता र मेरिल्याण्डका अनमोल श्रेष्ठ प्रथम'

चन्द्रागिरि/काठमाडौं । चन्द्रागिरिमा स्कुलस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष घनश्याम लुइँटेलले उद्घाटन गरेको उक्त प्रतियोगिता ब्राइट फ्युचर स्कुलले आयोजना गरेको हो ।

विज्ञापन

प्रतियोगितामा चन्द्रागिरि नगरभित्रका १४ वटा विद्यालयका ४६ जना छात्रछात्राले भाग लिएका थिए ।

विज्ञापन

प्रतियोगितामा जुनियरतर्फ रिब्स स्कुलका श्रीयुक्ता न्यौपाने प्रथम भएकी थिइन भने सिनियरतर्फ मदरल्याण्ड स्कुलका अनमोल श्रेष्ठ प्रथम भएका थिए ।

कार्यक्रममा कवि, गीतकार एवम् साहित्यकार डा. नवराज लम्सालले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको समापन भने ललितकला क्याम्पसका प्राध्यापक महेश आचार्यले गरेका थिए ।

प्रतियोगितामा ललितकला क्याम्पसका प्राध्यापक महेश आचार्य र कमलेश महर्जनले निर्णायकको भूमिका निभाएका थिए । प्रतियोगितामा आयोजक ब्राइट फ्युचर स्कुलले भने भाग लिएको थिएन ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन