विज्ञापन
No data was found

'१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता'

काठमाडाैं । नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेश्रो साता हुने भएको छ ।

विज्ञापन

मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मा विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघले जनाएको छ । जसमा पुरुष तर्फ १५०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर, ५० मिटर तथा ४० प्लसको ५० मिटर फ्रिस्टायल, २०० मिटर, १०० मिटर र ५० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर इन्डिभिज्युल मिड्ले, १०० र ५० मिटर ब्याक स्ट्रोक र बटरफ्लाई खुल्ला प्रतिस्पर्धा हुने छ । महिला तर्फ ८०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर, ५० मिटर र ४० प्लसको ५० मिटर फ्रिस्टायल, २०० मिटर, १०० मिटर र ५० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर इन्डिभिज्युल मिड्ले, १०० मिटर र ५० मिटर ब्याक र बटरफ्लाई खुल्ला स्पर्धा हुनेछ ।

विज्ञापन

यसैगरि महिला तथा पुरुषको ५० मिटर गुणा ४ फ्रिस्टायल रिले र ५० मिटर गुणा ४ मिक्स मिड्ले रिलेमा प्रतिस्पर्धा हुनेछ ।

सातदोवाटोस्थित २५ मिटरको हिटिङ्ग पौडी पोखरीमा हुने च्याम्पियनसिपमा पदक प्राप्तीका आधारमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई एनएसए च्याम्पियन ट्रफी प्रदान गरिने छ । यस्तै पदकका आधारमा १ महिला र १ पुरुष खेलाडीलाई नगद सहित ट्रफी प्रदान गरिने छ भने राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिने छ ।

च्याम्पियनसिपको अनुमानित लागत २० लाख रहेको छ । आर्थिक ब्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद् लगायत विभिन्न दाता, संघ, संस्थाहरुको प्रायोजनबाट पूर्ति गरिने नेपाल पौडी संघले जनाएको छ । च्याम्पियनसिपको लागि अनलाईन आवेदन खुला भईसकेको र च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि  swim nepal बाट मात्र अनलाईन फर्म भर्नु पर्ने पौडी संघले बिज्ञप्तीमा जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन