विज्ञापन
No data was found

'हेटौंडामा ११औं राष्ट्रिय स्क्राबल प्रतियोगिता भोलिदेखि सुरु हुँदै'

चन्द्रागिरि । हेटौंडाको बालजागृती इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता भोलिदेखि बालजागृति बोडिङमा सञ्चालन हुनेछ ।

विज्ञापन

२ दिनसम्मको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट करिव १ सय जना प्रतियोगीहरु सहभागी जनाउँदैछन् । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा १३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

विज्ञापन

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, सिल्ड र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुनेलाई १३ हजार र तृतीय हुनेलाई ११ हजार सिल्ड र प्रमाणपत्र दिइने छ ।

साथै चौथो, पाँचौं, छैटौं र सातौंलाई क्रमशः ९, ७, ५ र ३ हजार नगद पुरस्कार प्रदान गरिने छ भने आठौं, नवौं, दशौं हुनेलार्इ ३, ३ हजार नगद पुरस्कार दिइने छ । त्यस्तै एघारौंदेखि पच्चीसौं हुनेलार्इ २ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाइएको छ ।

शुक्रबार र शनिबार दुईदिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर, गोरखा, स्याङ्जा, रुपन्देहि, गुल्मी, सुर्खेत, सुनसरी, बारा, अर्घखाँची, कैलालीलगायतका २५ बढी जिल्लाहरुबाट गरी १ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन