चन्द्रागिरि । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले मंसिर २० गतेका लागि वृहत् भेलाको आव्हान गरेको छ ।
विज्ञापन
मंसिर २० गते बिहान ८ बजेदेखि चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि पार्टी प्यालेसमा हुने उक्त “नेतृत्व, एकता र रणनीति भेला”मा रास्वपाका विभिन्न तहका नेताहरूको समेत सहभागिता रहने चन्द्रागिरि नगर अध्यक्ष जनार्दन केसीले बताएका छन् ।
विज्ञापन
साथै, चन्द्रागिरि नगरस्तरिय वृहत् भेलामा एकीकरण सम्बन्धी समिक्षा, आगामी निर्वाचनका लागि उम्मेदवारको विषय तथा विभिन्न विभाग गठन र वडा, नगर अधिवेशन लगायत एजेन्डामा छलफल गरिने रास्वपाका नगर सचिव मधुकर बस्नेतले जानकारी दिएका छन् ।