काठमाडौं। आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापा सम्मानित भएका छन्।
विज्ञापन
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) नेपालले शुक्रबार उनलाई राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्मान गरेको हो। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।
विज्ञापन
संयुक्त अरब इमिरेट्स (युएई) भएको च्याम्पियनसिपको ५४ केजी तौलसमूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कांस्य पदक सुनिश्चित गरेका थिए। कांस्य पदकसँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कारसमेत प्राप्त गरे।
टोलीका प्रशिक्षकमा प्रकाश थापा मगर, दिपक महर्जन र सुजित पुन मगर रहेका थिए।