काठमाडाैं । किसिपिडी बुदोकै-दो शाखाको आयोजनामा १९ औं राष्ट्रव्यापी बुढोकै-दो फूलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८२ हुने भएको छ ।
विज्ञापन
चन्द्रागिरि नगरपालिका वडा नं ५ स्थित बुदोकै- दो शाखाले यहि पुस २६ र २७ गते आयोजना गर्ने प्रतियोगिताको उट्घाटन चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यता तथा उप-मेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी तथा महेश बस्नेतको विशेष आतिथ्यतामा गरिने आयोजकले जानकारी दिएको छ ।
विज्ञापन
दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार, तेस्रो हुनेलाई २५ सय रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको किसिपिडी बुदोकै-दो शाखाले जनाएको छ ।