विज्ञापन
No data was found

'नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा चन्द्रागिरिका राजेन्द्र विक्रम बानियाँ निर्वाचित'

काठमाडाैं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौं महाधिवेशनबाट चन्द्रागिरि निवासी राजेन्द्र विक्रम बानियाँ केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन् ।

विज्ञापन

पौष २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँले १ सय १२ मतसहित प्रतिस्पर्धी ओमकृष्ण कार्कीलाई भारी मतले पराजित गर्दै ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्ष प्रत्यासी कार्कीले ७७ मत प्राप्त गरेका थिए ।

विज्ञापन

महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा किसान गुरुङ र विद्यापति उपाध्याय घिमिरे विजयी भएका छन् ।

त्यस्तै,महासचिवमा बद्रीप्रसाद चौलागाईं निर्विरोध चयन भएका छन् भने उपमहासचिव पदमा मेघराज सिग्देल निर्वाचित भएका छन् । साथै सचिव पदमा उमेशचन्द्र मजगैयाँ र गंगाबहादुर खड्काले समान मत प्राप्त गरेपछि दुवैले आधा-आधा समय अवधिको कार्यालय सञ्चालन गर्ने सहमति गरेका छन् ।

साथै, महाधिवेशन मार्फत कोषाध्यक्षमा रुमाखर गौतम, सह–कोषाध्यक्षमा सुमन सापकोटा निर्वाचित भएका छन् ।

कुशल व्यवस्थापकीय गुण तथा नेतृत्व क्षमता भएका र लामो समय यातायात क्षेत्रमा कृयाशील बानियाँलाई अध्यक्षमा निर्वाचित गरेको आठौं महाधिवेशनले ७ वटै प्रदेशमा संयोजकसहित १६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ।

नेपाल ट्रक व्यवसायी महासंघमा निर्वाचित राजेन्द्र बानियाँ नेपाली काङ्ग्रेस चन्द्रागिरि नगर पार्टी समितिको कार्यवाहक सभापतिसमेत हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु