विज्ञापन

'वैशाख ११ गतेदेखि बालाजु बाइसधारा मेला सुरु हुने'

काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको मेला व्यवस्थापन समितिका संयोगक गौतम प्रजापतिले बताए ।

विज्ञापन

बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । मेलालाई गत वर्षभन्दा भव्य रुपमा सम्पन्न गर्नका लागि सबै ठाउँमा पत्राचार गरिएको उनको भनाइ थियो ।

बालाजु बाइसधारा मेलाको समयमा बालाजुका २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतले बताए । उक्त समयमा बालाजु बाइसधारामा जात्रासमेत लाग्ने गर्दछ । तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिकाका र काठमाडौँ महानगरपालिका वडा नं १६ को पाँच वटा खट बालाजु बाइसधारामा आउने व्यवस्थापन समितिका सचिव विजयकुमार झाले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने मेलामा देशभरबाट दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागीता रहने आयोजकको अपेक्षा छ । मेलाको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका वडा नं १६ ले आर्थिक सहयोग गर्ने छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैनः शशांक कोइराला

टर्कीको एक होटलमा आगलागी हुँदा कम्तिमा ६६ जनाको मृत्यु, उद्धार कार्य जारी

भारतमा महाकुम्भ मेला जारी

खानेपानी मन्त्री यादव भन्छन्– एडीबीको ऋण लिएर आयोजना अगाडि बढाउँछौं

मङ्गलोदय सृजनशील समाजद्वारा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै

प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय

पोखरा महानगरमा कांग्रेसको ताला