चन्द्रागिरिमा राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि दोश्रो स्थापना दिवस मनाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको दोश्रो वर्ष मनाउँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको दोश्रो वर्ष पुगेको उपलक्ष्यमा चन्द्रागिरि नगरपालिका २ नागढुंगामा भोलि बिहान शुभकामना गोष्ठी, चियापान तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
गणेश पराजुलीको उपस्थितिमा आयोजना हुन लागेको शुभकामना, गोष्ठी तथा चियापान कार्यक्रम भोलि बिहान ७ बजे घट्टेडाँडा पार्क, चन्द्रागिरि नगरपालिका वडा नं. २ (सुरुंग मार्ग कार्यालय नजिक) हुन लागेको हो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, रास्वपा परिवार, स्थानीय संघसंस्थ, अन्य राजनैतिक दल तथा पार्टी सदस्य, शुभचिन्तकहरुलाई बोलाइएको आयोजक तथा नगर सचिव मधुकर बस्नेतले जानकारी दिए ।
सांकेतिक वृक्षारोपण कार्यक्रममा रुद्राक्ष (शक्ति), स्वामी (कवच), जामुन (उजा), कपुर (सुगन्ध), रिठ्ठा (सफाई), बेगम बेली (सुन्दरता), पारिजात –प्रेम), निलजाई (बाक्लो सम्बन्ध), साइकस पाम (प्रसोधन) गरी १६ जातको विरुवा रोप्ने कार्यक्रम रहेको बस्नेतले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको आयोजनामा हुने कार्यक्रम भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म आयोजना हुने छ ।

Scroll to Top