एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि चयन

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रिय महाधिवेशनको तिव्र तयारीमा जुटेको छ ।

सोही सन्दर्भमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशनको लागी आज काठमाडौं क्षेत्र नम्बर १० को भेला बसेको छ ।

काठमाडौं क्षेत्र नं १० का क्षेत्रीय अध्यक्ष भाइकृष्ण बलामीको अध्यक्षतामा भएको सो भेलाले सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

जस अनुसार किर्तिपुर नगरबाट बटुकृष्ण थापा र योगेन्द्र थापा चयन भएका छन् भने चन्द्रागिरी नगरबाट भाइकृष्ण बलामी र जानुका बस्नेत चयन भएका छन् ।

पार्टी उपमहासचिव विजय पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रमा आले मगर विशेष अतिथि रहेकी थिइन् भने उक्त पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
एकीकृत समाजवादी पार्टीको केन्द्रीय महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने कार्यक्रम रहेको छ ।

Scroll to Top