चन्द्रागिरिमा आज पनि विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई  सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको हो । 

नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार आज आइतबार प्राधिकरणको लाइनर फिडर ११ केभी इन्कमर अन्तर्गत मातातीर्थ फिडर अन्तर्गत बिहान १० बजेदेखि १२ बजेसम्म, सतुंगल फिडरमा दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाने छ ।
त्यस्तै, मच्छेगाउँ फिडरमा दिउँसो २ देखि ४ बजेसम्म बत्ती जानेछ । त्यस्तै, फर्पिंग फिडरमा भने बेलुका ४ देखि ६ बजेसम्म जाने छ ।

तैपनि नेविप्राद्धारा बैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित गरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने जनाएको छ । काम निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने जनाएको छ ।

Scroll to Top