कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

काठमाडौं । आजकाल बजारमा कार्वाइड प्रयोग गरेका फलफूल बिक्री वितरण गरिएको पाइएको छ । यस्ता फलफूल खरिद बिक्री नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आग्रह गरेको छ ।

खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको छ ।

यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोध समेत गरेको छ ।

Scroll to Top