देव दर्शन बचत तथा ऋण सहकारीले निःशुल्क आँखा तथा स्वास्थ्य शिबिरको आयोजना गर्दै

काठमाडौं : देव दर्शन बचत तथा ऋण सहकारी सस्थाको १६ औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा तथा स्वास्थ्य शिबिर २०८१ को आयोजना गर्दैछ ।
देव दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा हुने उक्त शिविर यही आउँदो शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म यस संस्थाको प्रांगणमा हुने संस्थाका अध्यक्ष रामनारायण घिमिरेले शोणितपुर खबरलाई बताए ।
तिलगंगा आँखा अस्पताल, गौशालाको सहयोगमा आयोजना हुने उक्त शिविरमा मेडपोइन्ट अस्पताल, सतुंगलले निःशुल्क सुगर, प्रेसर जाँच गराउने छ भने निःशुल्क नशा, हाडजोर्नी, छाला तथा यौनरोग, विशेषज्ञबाट परामर्श लिन सकिनेछ ।
देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बेलाबेलामा यस्ता कार्यक्रम गर्दै आइरहेको संस्थाका अध्यक्ष घिमिरेले बताए ।

Scroll to Top