यूरिक एसिड बढेर तनावमा हुनुहुन्छ ?

पछिल्लो समय युरिक एसिड आम समस्या जस्तै बनिससकेको छ । हाम्रो शरीरमा खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट नै युरिक एसिड हो । यरिक एसिडका पीडाबाट धेरै मानिसहरु गुज्रिरहेका छन् । यूरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण पदार्थ हो । तर जुनसुकै कारणले भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका खण्डमा यो पदार्थले शरीरमा बिभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ ।

कसलाई हुन्छ युरिक एसिड ?
–अस्वस्थ्यकर खाना खाने तर, शारीरिक श्रम नगर्ने ।
–वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ ।
–जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु ।
–रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु ।

युरिक एसिड हुने कारण
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।
जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

यूरिक एसिडको लक्षण
–जोर्नी दुख्नु ।
–उठ्न–बस्न कठिनाई हुनु ।
–औंला सुन्निनु ।
–जोर्नीमा गाँठो पर्नु ।
–हात तथा खुट्टा घोचाईसहितको तिव्र पिडा हुनु ।
–पिसाब फेर्नमा कठिनाई हुनु।
–मुख सुक्नु, मन चञ्चल हुनु, छाती, घाँटीमा पोल्ने हुनु।
– निद्रा कम लाग्नु ।

युरिक एसिड भएकाले खान नहुने कुरा
माछा–मासु: युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।

गेडागुडी :डागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिकएसिड बन्छ ।

मदिरा: युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय पदार्थ सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथै शरीरमा बनेको यूरिक एसिडलाई पिसापबाट उत्सर्जन हुन पनि रोक्दछ ।

अचार : यूरीक एसिड भएकाहरुले तामा , गुन्द्रुक सिन्कीको अचार नखाँदा नै राम्रो हुन्छ ।

जङ्कफूड: जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूडमा हालिएको प्रिजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढेर यूरिक एसिड बढ्ने समस्या आउछ ।

Scroll to Top