मातातीर्थमा असार २१ गते सन्ध्याकालिन आरती हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ६ मा अवस्थित मातातीर्थ कुण्डमा असार २१ गते शुक्रबार सन्ध्याकालिन आरती आयोजना हुने भएको छ ।

हरेक महिना औंशीको दिन पारेर आरती आयोजना गर्ने योजना अनुसार असार २१ गते सन्ध्याकालिन आरती गर्न लागिएको मातातीर्थ संरक्षण विकास संस्थाका अध्यक्ष शान्त उदासले बताए ।

यसअघि जेठ २४ गते मातातीर्थ कुण्डमा पहिलोपटक सन्ध्याकालिन आरतीको आयोजना गरिएको थियो । मातातीर्थ पवित्र भूमि हो । दिवंगत आमाहरूको सम्झना र श्रद्धाका निम्ति यस ठाउँको आफ्नै प्रख्याति छ ।

यस्तो धार्मिक , साँस्कृतिक स्थानमा हुनलागेको आरती कार्यक्रममा सहभागी भैदिन आयोजकले भक्तजनहरुमा अपिल समेत गरेको छ ।

Scroll to Top