काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।

बकैया र गढी गाउँपालिकामा निर्माणाधीन यो मार्ग जोडी सुरुङमध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग हो ।

Scroll to Top