१ करोडभन्दा बढी हार्डवेयर सामानसहित २ वटा ट्रक निन्त्रणमा

काठमाडौं । वीरगञ्जमा १ करोड ८९ लाख बराबरको हार्डवेयर लगायतका सामान सहित २ वटा ट्रक निन्त्रणमा पर्सा प्रहरीले लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १ करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगपालिका वडा नं २५ आइसिपि गेट स्थित सडकखण्डबाट ना.६ ख ४०५८ र ना. ३ ख १८७ नम्बरको ट्रकमा हार्डवेयर तथा मोटरपार्टसका सामान बरामत गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताए ।

Scroll to Top