देउवा र ओलीबिच दुई घण्टा छलफल

काठमाडौं । बुधबार साँझ देउवा निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
अध्यक्ष ओली र देउवाबिच करिब दुई घण्टा कुराकानी भएको बताइएको छ ।

दुई नेताको भेटमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

Scroll to Top