मुसाका कारण केबलकार बन्द , देशभर होहल्ला :

काठमाडौं । आई.एम.ई. ग्रुपले संचालन गरिरहेको चन्द्रागिरि हिल्स केबलकार हिजो एकाएक बन्द हुँदा सर्वत्र होहल्ला भयो !

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटमा सञ्चालनमा रहेको चन्द्रागिरि केबलकार अप्रत्याशित बन्द हुँदा स्थानीयदेखि राष्ट्रिय स्तरमसम्मका मिडियाहरूमा सो विषय भाईरल नै बन्यो , बनाईयो !

हिजो बुधबार दिउँसो १ बजेदेखि ३ बजेसम्म केबलकार रोकिएको घटना पश्चात् विभिन्न मिडियामा जनाइए अनुसार बुधबार दिउँसो चन्द्रागिरी क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकै थिएन ।

साथै हिल्सले जारी गरेको विज्ञप्तीमा “प्राविधिक कारण” बताए पनि केबलकार बन्द हुनुको कारण “मुसा” थियो !

आखिर भएको के थियो ? यसअघि पनि विभिन्न प्राविधिक कारणले केबलकारमा समस्या आउने गरेको र तत्काल समस्या पहिचान गरि जोखिम न्युनिकरण गर्ने गरिएकोमा हिजो भने लो भोल्टेज रुममा रहेको मुख्य लाईन नै मुसाले काटेको र सो थाहा पाउन लगभग दुई घण्टा भन्दा बढी समय लागेकोले केबलकारमा सवार यात्रुहरूले सास्ती र त्रास व्यहोर्नु परेको हो ।

उसो त विश्वकै उत्कृष्ट आधुनिक प्रविधि प्रयोग गरि निर्माण गरिएको चन्द्रागिरि केबलकार असुरक्षित नरहेको बताइए पनि बेलाबेलामा हुने गरेका यस्ता घटनाहरूले हिल्सभित्रको आन्तरिक व्यवस्थापकीय भुमिका र असावधानीमाथि प्रश्न उठ्ने गरेको छ ।

Scroll to Top