पाँच जना विद्यार्थीको रिटोटलिङपछि चार जीपीए

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एनजी आएका पाँच जना विद्यार्थीको रिटोटलिङपछि चार जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।

जसमा चार हजार २९७ जना विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिँदा पाँच जना एनजी आएका विद्यार्थीको चार जीपीए आएको हो । पुनर्योगको ५९ विद्यार्थीको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ । बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो ।

उक्त क्रममा १९ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ ।

एसईईको नतिजामा एनजी आएका पाँच जना विद्यार्थीले भने पुनर्योगपछि चार जीपीए ल्याएका हुन् ।

२ सय ८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ ।

Scroll to Top