आज यी स्थानमा मुसलधारे वर्षा हुने 

काठमाडौं : देशभर मनसुनी वायुको प्रभावले बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  ठाउँमा भने ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने विभागको बुलेटिनमा उल्लेख छ। 

Scroll to Top