प्रेम लिम्बुले जिते बिश्व तेकान्दोमा रजत पदक

दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन ।
दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराई रहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले कोरियाबाट जनाएका छन् । प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८–७ अंकले पछी पार्दै जित आत्मासाथ गरेका थिए ।

दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८.१६६ – ७.६८३ अंकले हराउदै क्वाटर फाईनल प्रवेस गरेका लिम्बु क्वाटर फाईनलमा एलेक्सिसलाई ७.७४९ – ७.१४९ अंकले हराउदै सेमिफाइनल प्रवेश गरेका थिए ।

सेमिफाइनलमा जोवनलाई ७.९६६ – ७.७६६ अंकले हराउदै फाइनल सम्म पुगेका लिम्बु फाइनलमा मेक्सिकोका खेलाडी योन सियोक संग ७.८९९ – ८.०९९ को झिनो अंकले पछी पर्दै रजत पदक मै चित्त बुझाउनु बाध्य भए ।
५५ राष्ट्रका ४५०० खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी सुरु भई आज ३० जुलाई सम्म चलेको थियो । यस अघी लिम्बुले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जितेका थिए ।
नेपालका लागी कोरियन प्रशिक्षक योङदल क्वानको प्रत्यक्ष निगरानिमा खेलीरहेका प्रेमले बिभिन्न अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय १ दर्जन भन्दा धेरै पदकहरु जितेका छन् ।

प्रेमले रेफ्रि तथा प्रशिक्षकको तालिमहरु समेत लिएका छन ।
२०७३ देखी नेपाल पुलीस क्लबमा आवद्ध भएर तेक्वान्दो खेल्दै आएका उनले ८ औं र ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक, १९औं एसियन गेममा ५औं, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्डमा स्वर्ण पदक, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११ औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जिती सकेका छन ।
२०२६ मा हुन लागेको २० औ एसियन गेमको लागी बन्द प्रशिक्षणमा रहेर त्यसको लागी तयारी गरिरहेका लिम्बु प्रतियोगिता सम्पन्न भए पस्चात अगस्ट ३ तारिक नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Scroll to Top