क्याम्पस–समुदाय–उद्योगी संवाद विषयक तीन दिने गोष्ठी सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका १० सतुंगलमा रहेको काठमाडौं शिक्षा क्याम्पसमा शनिबारबाट सुरु भएको क्याम्पस क्याम्पस–समुदाय–उद्योगी विषयक तीन दिने गोष्ठी आज सम्पन्न भएको छ ।
कार्यक्रमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शिवकुमार महर्जन, नेपाल पब्लिक क्याम्पसका महासचिव गोविन्दबहादुर कार्की, चन्द्रागिरि नगरपालिकाका शिक्षा शाखा प्रमुख सुजन खनाल, कम्प्युटर एसोसिएसन नेपालका प्रमुख रञ्जित प्रधान, गौरिप्रसाद दवाडी, डा. रामचन्द्र लामिछाने, युवराज देवकोटा, ओमप्रकाश देवकोटाका साथै चन्द्रागिरि नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरु, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सुरु भएको गोष्ठीमा चन्द्रागिरि नगरपालिकाभित्र रहेका सामुदायिक, गुठी, निजी तथा अन्य विद्यालय तथा सामुदायिक क्याम्पसहरुको स्थायित्व र शैक्षिक विकासका लागि चन्द्रागिरि नगरपालिकाले खेलेको भूमिका, यथार्थता तथा भावी दिसानिर्देश सम्बन्धी जानकारी दिइएको थियो । त्यस्तै चन्द्रागिरि नगरपालिका शिक्षा शाखाले आ.ब.मा गरेका शैक्षिक गतिविधिका साथै भावी कार्यक्रमका बारेमा पनि जानकारी दिइएको थियो ।
दोश्रो दिन आइतबार चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका उद्योगी, व्यवसायी तथा वित्तीय क्षेत्रसँगमा संलग्न व्यक्तित्वहरुसँग संवाद गरिएको थियो ।
तेश्रो तथा अन्तिम दिन आय आधारित शिक्षा अन्तर्गत चन्द्रागिरि नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको उल्लेख्य मात्रामा सहभागी रहेको थियो भने विभिन्न विद्यालयका शिक्षक तथा शुभचिन्तकहरुको उपस्थितिमा आयोजित गोष्ठीमा चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शिवकुमार महर्जनले अध्यक्षतामा भएको थियो ।
काठमाडौं शिक्षा क्याम्पसले सुरु गरेको क्याम्पस–समुदाय–उद्योगीबीचको संवाद गोष्ठीले भावी योजना बनाउन ठूलो सहयोग गर्ने कुरामा नगरउपप्रमु बसन्नी श्रेष्ठले बताउनुभयो । त्यस्तै यस्ता खाले कार्यक्रम बेलाबेलामा हुनुपर्ने पनि बताउनुभयो । चन्द्रागिरि नगरपालिकाले समुदायिक क्याम्पसहरुलाई आर्थिक, भौतिक तथा अन्य जुनसकै काममा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कामभन्दा कुरा बढी भइसक्यो अब आफैबाट आय आधारित शिक्षाको सुरु गर्नुपर्ने कुरामा अध्यक्ष शिवकुमार महर्जनले जोड दिनुभयो ।
त्यस्तै सामुदायिक क्याम्पसहरुले राष्ट्र्को शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर संघ, प्रदेश र स्थानीय सरकारबाट निरन्तर हुनुपर्ने काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले व्यक्त गरे ।

Scroll to Top