चन्द्रागिरिको मातातीर्थ ल्होंखामा १२ वर्षे शिकाली नाच देखाइने

काठमाडौं ।
चन्द्रागिरि नगरपालिका ८ स्थित ल्होखामा १२ वर्षे शिकाली नाच देखाइने भएको छ ।
यही आउँदो फागुन ६ देखि ८ गतेसम्म ल्होखामा खोकनाको ऐतिहासिक रुद्रायणी देवी (कालिदेवी)को १२ वर्षे शिकाली देखाइने आयोजकले जानकारी दिए ।
हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान भन्ने मुल नाराको साथ शिहाली नाच चन्द्रागिरि नगरकै एक पहिचान भएको रत्नराज श्रेष्ठले बताए ।
६ गते कीर्तिपुरको चोरभास्थित जलविनायकमा देवगणको स्वागत गर्ने कार्यक्रम रहेको छ भने ७ गते मातातीर्थस्थित ल्होखा दबुमा शिकाली नाच देखाइने छ । त्यस्तै ८ गते देव गणलाई बिदाई गरिने रुद्रायणी दबु नाच समितिले जनाएको छ ।

Scroll to Top