दिनदिनै नयाँ रेकर्ड राख्दै सुन

काठमाडौं ।  ४–५ महिनायता अन्तर्राष्ट्रियदेखि राष्ट्रियबजारसम्म सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै आएको छ। आर्थिक वर्षको सुरुवाती महिनामै सुनको मूल्य प्रतितोला डेढ लाख रुपैयाँ नाघ्यो । अर्थात् ०८१ साउन २१ गते प्रतितोला १ लाख ५० हजार पुगेर सुनले नयाँ रेकर्ड बनायो ।  

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम ग-यो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख २८ हजार २ सय ६० रुपैयाँ कायम भयो । 

अन्तर्राष्ट्रिय बजारमा भन्दा नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको पाइन्छ। चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत सुन आयातमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएकाले सुनको मूल्य बढेको तर्क गर्छन्, सुनचाँदी व्यवसायी ।

 वल्र्ड गोल्ड काउन्सिलका अनुसार पछिल्लो समय सबैभन्दा बढी सुन सुरक्षित गर्ने मुलुकमा चीन, जर्मनी र भारत अगाडि देखिन्छन्। अहिले पनि अमेरीकासँग ८ हजार टन, चीनसँग २० हजार टनभन्दा बढी सुन रहेको तथ्यांकमा उल्लेख छ।

Scroll to Top