खाद्य स्टोर फुटाई २० लाख चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।
खाद्य स्टोर फुटाई २० लाख रुपैयाँ चोरी गर्ने मनोज कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कालिमाटीस्थित मनोज कुमार गुप्ताले सञ्चालन गरेको अमन खाद्य स्टोर फुटाई २० लाख बराबरको नगद चोरी गरी फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कन्चनपुर शुक्लाफाटा ८, पारीफाँटा स्थायी घर भएको २२ वर्षीय लोक सिंह ठगुन्नालाई सिसिटिभि फुटेजमार्फत पत्ता लगाएको प्रहरीले जनाएको छ ।
नगर चोरेर कैलालीमा गएर लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी परिसर, काठमाण्डौ र प्रहरी बृत्त कालिमाटी संयुक्त टोली कैलाली लोक सिँह ठगुन्नालाई फेलापारी नगद रू १२,९६,५६५।– (बाह्र लाख छयानब्बे हजार पाँच सय पैसठ्ठी रुपैया) बरामद गरी नियन्त्रणमा लिई प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

Scroll to Top