खेलाडी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

चन्द्रागिरि । ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले चन्द्रागिरि नगर कमिटी वडा नं ४ द्वारा खेलाडी सम्मान तथा बधाई कार्यक्रम गरिएको छ ।

थानकोट कोतघरमा गरिएको उक्त कार्यक्रममा थानकोट क्षेत्रबाट विभिन्न विधामा सफलता प्राप्त गरेका थानकोटका स्थानिय खेलाडीहरूलाई सम्मान गरिएको हो ।

आज सम्पन्न उक्त कार्यक्रममा नेकपा (एमाले) को केन्द्रिय सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश कुमार पौडेलको प्रमुख आतिथ्यता , चनपा ४ कमिटी अध्यक्ष सुन्दर श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सदस्य बिन्दु श्रेष्ठ , उपमेयर बसन्ती श्रेष्ठ , वेलिमाया घले , हरिशरण थापा , सन्तोष खड्‌का , पूर्व उपमेयर लिशा नकर्मी , जितेन्द्र श्रेष्ठ , उत्तम बहादुर राउत , लेमन श्रेष्ठ , राजु श्रेष्ठ , इन्द्र महर्जन , बुद्धलक्ष्मी महर्जन , रामशरण आलेमगर , अनन्तराज सिग्देल , सुदर्शन के.सी , राजन श्रेष्ठ लगायत एमाले पार्टीका केन्द्रिय सदस्य तथा विभिन्न तहका पदाधिकारी तथा स्थानीय खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको चन्द्रागिरि नगरपालिका थानकोट ४ कमिटीका सचिव रवि श्रेष्ठले शोणितपुर खबरलाई जानकारी दिएका छन् !

Scroll to Top