नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल फाइनलमा

काठमाडौं ।
नेपाल एपीएफ स्कुल कीर्तिपुरमा यही माघ २२ गतेदेखि सञ्चालन भइरहेको एनपीएफएक विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता – २०८० को आज सेमिफाइनल खेल समापन भएको छ ।
आज भएको सेमिफाइनलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क)ले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४–० गोलको अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहराले २ गोल, तेन्जिङ्ग शेर्पा र रोहित गोलेले १ र १ गोल गरेका थिए ।
त्यसैगरी, आजै भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगाले सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई ट्रइवेकरमा ३–२ गोलको अन्तरले पराजित गरी फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।


आज भएको खेलहरुमा एपीएफ स्कुल र पुलिस स्कुल साँगाका खेलाडीहरु विकास बोहरा र दिप्सन परियारलाई म्यान अफ द म्याच घोषित भएका थिए । घोषित खेलाडीहरुलाई सशस्त्र प्रहरी नायकव उपरीक्षक राजेन्द्र गुरागाई र सैनिक आवासीय महाविद्यालय सल्लाघारीका प्रिन्सिपल दल प्रसाद पुनले म्यान अफ द म्याजको ट्रफी प्रदान गरेका थिए ।
फाइनल खेल फागुन ८ गतेनेपाल एपीएफ स्कुल कीर्तिपुर .(क) र नेपाल पुलिस स्कुल साँगाबीच हुनेछ ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन संचालन भइरहेको छ ।
५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

Scroll to Top