वडा अध्यक्ष शैक्षिक विकास कोषको प्रभावकारी कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका प्रथम स्थानिय तह निर्वाचनमा वडा नं १५ बाट निर्वाचित भएका उत्तम बहादुर राउतको परिकल्पना र योजनामा शुरु भएको, वडा अध्यक्ष शैक्षिक विकास कोषको प्रभावकारी कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रभात माध्यमिक विद्यालय चेकपोष्टको सभाहलमा आयोजना गरिएको वडा अध्यक्ष शैक्षिक विकास कोषको अन्तरक्रिया कार्यक्रममा कोषको संक्षिप्त कार्य प्रगति विवरण पेश गरिएको थियो ।

कार्यक्रममा काठमाडौं क्षेत्र नंं ९ का सांसद् कृष्णगोपाल श्रेष्ठ, शिक्षाप्रेमी , समाजसेवी सुरेन्द्र खड्का, उत्तम बहादुर राउत लगायत वडा अध्यक्ष शैक्षिक विकास कोषलाई प्रत्यक्ष , अप्रत्यक्ष सहयोग पुर्याइरहेका शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा कोषले स्थापनाकालदेखि हालसम्म गरेको अतिरिक्त क्रियाकलापको बारेमा जानकारी पेश गरिएको थियो ।

२०७४ सालमा ल्याईएको अवधारणाअनुरुप २०७५ मा स्थापित वडा अध्यक्ष शैक्षिक विकास कोषले आफ्नो स्थापनाकालदेखि नै विष्णुदेवी माविका कक्षा १ देखि १० कक्षासम्मकै हरेक कक्षामा सामाजिक, आर्थिक स्तरको आधारमा छात्रवृत्ति तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यस संस्थाले चन्द्रागिरि नगर स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला र चित्रकला प्रतियोगिताजस्ता अतिरिक्त रचनात्मक क्रियाकलाप मार्फत विद्यार्थीहरुको क्षमता अभिवृद्धि लक्षित कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

शैक्षिक विकास कोषको सहयोगमा २०८१ सम्ममा ६४ जना विद्यार्थीहरुले छात्रवृत्तिमा पढिरहेका छन् ।

कोषद्धारा यस वर्ष पनि चित्रकला र वाककला प्रतियोगिताको आयोजना गरेको थियो । जसमा चित्रकलामा १८ विद्यालयबाट १०० जना विद्यार्थीले भाग लिएका थिए भने वाककलामा २८ विद्यालयबाट २८ जना विद्यार्थीहरुले भाग लिएका थिए !

वडा अध्यक्ष शैक्षिक विकास कोषमा हालसम्म १३० जना सदस्य प्रत्यक्ष सहभागी भइसकेका छन् ।

Scroll to Top