“आवर न्युज क्रीउ”का पत्रकारहरुमाथि नागढुङ्गा सुरुङ्गमार्गका कर्मचारीहरुद्वारा दुर्व्यवहार

सिस्नेखोला – नागढुङ्गा सुरुङ्गमार्गको पछिल्लो विवाद र वास्तविकताबारे स्थलगत रिपोर्टिङ्गमा खटिएका “आवर न्युज क्रीउ”का पत्रकारहरुमाथी आयोजनाका कर्मचारीहरुद्वारा दुर्व्यवहार गरिएको छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको गणतान्त्रिक व्यवस्थामा समेत राज्यको चौथो अंगमाथिको यो घटनाले वाक स्वतन्त्रता , सूचनाको हक सम्बन्धी आधारभुत कानुनको समेत धज्जी उडाएको छ !

पछिल्लो समय सुरुङ्गमार्ग निर्माण क्रममा स्थानियस्तरमा खानेपानीको समस्या देखा परेको, सुरुङ्गमार्ग माथिको जग्गाहरु भास्सिन थालेको, घरहरु चर्किन थालेको र खेतीयोग्य जमिनहरु सिंचाईको अभावमा बाँझो हुँदै गइरहेको लगायतका समस्याहरुलाई सम्बोधन गरिनुपर्ने माग सहित स्थानीयहरुले गरिरहेको विरोध र पछिल्लो विवादबारे स्थलगत रिपोर्टिङ्गमा खटिएका “आवर न्युजका” विनोद लमिछाने र ज्ञानेन्द्र महतमाथी आयोजनाका कर्मचारीद्वारा दुर्व्यवहार गरिएको हो !

“आवर न्युज”का कार्यकारी निर्देशक समेत रहेका ज्ञानेन्द्र महतको भनाई अनुसार आयोजनाका अख्तियार प्राप्त अधिकारीको अनुमती लिएर छायांकन गर्दैगर्दा त्यहाँ रहेका अन्य कर्मचारीले खिचिसकेको भिडियो हटाउ भन्दै क्यामेरा फाल्ने र धकेल्न काम गरेको बताए !

आवर न्युजका पत्रकारहरुमाथि सिस्नेखोला – नागढुङ्गा सुरुङ्गमार्गका कर्मचारीद्वारा गरिएको दुर्व्यवहारको शोणितपुर मिडिया घोर आपत्ति र भ्रत्सना गर्दछ !

Scroll to Top