पठाओ र इनड्राइभ चलाउने ४८ जना राइडर प्रहरी नियन्त्रणमा

काठमाडौं : पठाओ र इनड्राइभको नाममा काठमाडौंका विभिन्न स्थानहरुबाट अनधिकृत तवर (अफलाइन) ले सर्वसाधारणहरुलाई ओसार पसार गर्ने ४८ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ । साथै त्यस्ता कृयाकलापमा संलग्न ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाई सकेको परिसरले जानकारी दिएको छ ।
विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा सम्वेदनशीलताको दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएकोल अफलाइन नगर्न सम्पूर्ण सरोकारवालाहरु तथा आम सर्वसाधारणहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुरोध गरेको छ ।

Scroll to Top