प्रफुल र नङ्गशलको जित जारी

काठमाडौं ।

ललितपुरका प्रफुल महर्जन र भोजपुरकी नङ्गशल तामाङ्गले १३ औं पुष्पलाल स्मृती राष्ट्रिय -याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा शिर्ष ८ को एकल तर्फ लिगको प्रतिस्पर्धामा दोश्रो दिन पनि जित हात पारेका छन् ।
प्रफुलले पुरुष एकल तर्फको खेलमा एपिएफका देवराज रानालाई २१–१३, १३–२१, २१–१३ ले र नङ्गशलले महिला एकलमा एपिएफकी शोभा गौचनलाई २१–१६, २०–२२, २१–११ ले पराजित गर्दै लिगमा दोश्रो जित निकालेका हुन् ।


यस्तै लिगको पुरुष एकल तर्फ एपिएफका प्रिन्स दाहालले एपिएफकै बिजित थापा मगरलाई २१–११, २१–११, नेपाल पुलिसका सुनिल जोशीले पुलिसकै जीवन आचार्यलाई २१–१३, २१–१७ र पुलिसका बिष्णु कटुवालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१६ ले पराजित गरे । महिला तर्फको खेलमा ललितपुरकी रसिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६, २१–३, आर्मीकी अनुमाया राईले मोरङ्गकी सिमा राजबंशीलाई २१–१८, २१–१६ र पुलिसकी निता लम्सालले आर्मीकी अमिता गिरीलाई २१–१४, २१–१७ ले पराजित गरे ।
एमाले निकट नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजना तथा चन्द्रगिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको सहयोगमा भएको खेलको शिर्ष ८ देखि बाहेकको पुरुष एकल तर्फको खेलमा एपिएफका क्षितीज खनालले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१०, आर्मीका सुविन श्रेष्ठले देबीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरलाई २१–१९, २१–१०, आर्मीकै लक्ष्मण रानाले पुलिसका हिरा राईलाई १७–२१, २१–९, २३–२१ र पुलिसका पुर्ण बहादुर थापाले देबीनगर ब्याडमिन्टन क्लबका अमन भट्टलाई २१–१२, २१–१४ ले पराजित गर्दै प्रिक्वाटरफाईनलमा स्थान बनाए ।


यस्तै प्रिक्वाटरफाईनलमा स्थान बनाउने क्रममा आर्मीका पविन लिनथेपले सुर्खेतका अनिल मल्ललाई २१–१७, २१–१३, आर्मीकै अभय महराले पर्साका सत्यम बिपिन मिश्रलाई २१–८, २१–११, आर्मीकै सन्तोष पनेरुले एपिएफका अमन महर्जनलाई २२–२०, २१–१८, पाँचथरका दिवश संकरले पुलिसका अविक श्रेष्ठलाई २१–१३, २२–२०, युनिग्लोब कलेजका सक्षम ढकालले पर्फेक्ट फिटनेश क्लबका दिनेश के.सी.लाई २१–६, २१–८, एपिएफका सुजन थापाले आर्मीका डेभिड थापा मगरलाई २१–१७, २१–१८, आर्मीका नरेन्द्र बलमे पर्साका कृष्णराज अडियालाई २१–१०, २१–५, एपिएफका रोशन साउदले आर्मीका सौर्य महर्जनलाई २१–१३, २१–९, कम्प्लिट हेल्थ क्लबका नगेन्द्र लिम्बुले देबीनगर ब्याडमिन्टन क्लबका गौरव तण्डुकारलाई २१–१३, २१–७, एपिएफका भोज बहादुर गुरुङ्गले आर्मीका सुप्रिम पन्तलाई २१–१५, १७–२१, २१–१४, नखिपोटका बिवेक चौधरीले आर्मीका हिमाल चन्दलाई १९–२१, २१–७, २१–१७ र एपिएफका अरुण अधिकारीले देबीनगर ब्याडमिन्टन क्लबका बबिश थापालाई १४–२१, २१–१४, २१–१९ ले पराजित गरे ।


यु–१७ तर्फको खेलमा आर्मीका इमा तामाङ्ग, किर्तिपुर ब्याडमिन्टन क्लबका सुजल चौधरी, कैलालीका शिषिर राना, महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेल, धादिङ्गका अश्विन मगर, कैलालीका रियांस चौधरी, एपिएफका अरुण अधिकारी, आर्मीका सन्तोष पन्त, आर्मीका सौर्य महर्जन, एपिएफका प्रदीप सोती, रिभाईभका किरण न्यौपाने, बाँकेका राजेश बि.सी., एपिएफका प्रारम्भ सिमखडा, युनिग्लोबल कलेजका सक्षम ढकाल, देबीनगर ब्याडमिन्टन क्लबका तक्षत ढकाल र आर्मीका सुविन श्रेष्ठ आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै प्रिक्वाटरफाईनल प्रवेश गरेका छन् ।


पुरुष युगल तर्फको खेलमा नखिपोटका बिवेक चौधरी र आर्मीका डेभिड थापा मगरको जोडीले आर्मीका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई १८–२१, २१–११, २१–११, देबीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐर र अमन भट्टको जोडीले बालकुमारी रिमिक्स क्लबका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीलाई १९–२१, २१–१३, २२–२०, नेपाल बिद्युत प्राधिकरणका बिनोद अधिकारी र भक्तराज जोशीको जोडीले रिभाईभका किरण न्यौपाने र अनन्त पाख्रिनको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे । यसैगरि पुलिसका सुनिल जोशी र अभिक श्रेष्ठको जोडी महांकाल ब्याडमिन्टन क्लबका माधव ढकाल र मंडला ब्याडमिन्टन क्लबका प्रनेश ढकालबाट वाकओभर, पाँचथरका दिवश संकर र भोजपुरका बिशाल तामाङ्गको जोडीले आर्मीका सौर्य महर्जन र सुप्रिम पन्तको जोडीबाट वाकओभर, गजुरी ब्याडमिन्टन क्लबका समिर थापा मगर र अनिश रानको जोडीले बालकुमारी ब्याडमिन्टन क्लबका ससिन ढङ्गोल र सुमन शाक्यको जोडीबाट वाकओभर र चितवनका राजु थापा र एपिएफका सुजन थापाको जोडीले नेपाल बिद्युत प्राधिकरणका भक्तराज जोशी र खगेन्द्र शाहीको जोडीबाट वाकओभर प्राप्त गरे ।

Scroll to Top