प्रथम गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० आयोजना हुँदै

काठमाडौं ।
प्रथम गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० आयोजना हुँदैछ ।
गजुरी गाउँपालिका गजुरी, धादिङको आयोजनामा हुन गइरहेको ब्याडमिन्टन प्रतियोगितामा सह आयोजक गजुरी ब्याडमिन्टन क्लब गजुरी रहेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना हुन गइरहेको प्रथम गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० फागुन १० देखि १२ गतेसम्म गजुरी ५, गलौंदीमा रहेको कभर्ड हलमा संचालन हुने आयोजक गोविन्द श्रेष्ठले बताए ।
विभिन्न ४ विधामा आयोजना हुने गइरहेको प्रतियोगितामा राष्ट्रियस्तरका -याकिङ्ग २० बाहेकका खेलाडीले भाग लिन पाउने राष्ट्रिय पुरुष डबल्स, राष्ट्रिय ४५ भेट्रान्स पुरुष डबल्स, जिल्ला स्तरीय पुरुष डबल्स (बी) र जिल्ला स्तरीय पुरुष डबल्स (सी) समुहमा खेलाइने श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय पुरुष डबल्सलाई प्रथम हुने खेलाडीलाई ५० हजार नगर, दोस्रो हुनेलाई ३० हजार, सेमीफाइनलिस्टलाई १० हजार पुरस्कारको राशी रहेको छ भने राष्ट्रिय भेट्रान्समा प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र सेमिफाइनलिस्टलाई १० हजार पुरस्कार रहेको छ ।
त्यस्तै जिल्ला स्तरीय (बि) प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र सेमिफाइनलिस्टलाई १० हजार पुरस्कार रहेको छ भने जिल्ला स्तरीय पुरुष डबल्स (सी) समुहमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र सेमिफाइनलिस्टलाई ६ हजार पुरस्कार राशी रहेको छ ।
गजुरी ब्याडमिन्टन क्लबको आयोजनामा हुने सो प्रतियोगितामा प्रत्येक टिमको दर्ता शुल्क २ हजार लाग्ने छ भने प्रतियोगिता खेल्ने खेलाडीहरुलाई बिहानको खानाको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिने खेलाडीहरुले फागुन ८ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने छ भने टाइसिट ९ गते निकाल्ने कार्यक्रम रहेको गोविन्द श्रेष्ठले बताए ।
प्रतियोगितामा भाग लिने खेलाडीहरुले एलो कार्ड पाएमा ५ सय, रेड कार्ड पाएमा १ हजार, ब्लाक कार्ड पाएमा ३ हजार तिर्नुपर्ने छ भने खेलाडी दर्ता भई वाकवोभर वा उपस्थिति नभएमा सो खेलाडीले १ हजार जरिवाना तिर्नुपर्ने आयोजकले जनाएको छ ।

Scroll to Top