सतुगंलस्थित काठमाडौं शिक्षा क्याम्पसले पायो क्यूएए प्रमाणपत्र

काठमाडौं ।

चन्द्रागिरि नगरपालिका १० मा रहेको काठमाडौं शिक्षा क्याम्पसले उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र पाएको छ ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शिवकुमार महर्जन, अन्य जनप्रतिनिधिहरुलगायत क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरु प्रमाणपत्र ग्रहणका लागि आयोगमा उपस्थित भएका थिए ।
पाँच वर्षको लागि उपलब्ध क्यूएए प्रमाणपत्र त्यसपछि आयोगमा पुनः नवीकरण गर्नुपर्नेछ ।

भक्तपुरस्थित आयोगको कार्यक्रममा एक कार्यक्रममा सो क्यूएए प्रमाणपत्र प्रदान गरेको काठमाडौं शिक्षा क्याम्पस प्रमुखले जानकारी दिए ।

उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरुको गुणस्तरताको मुल्यांकन गरी विश्व विद्यालय अनुदान आयोगद्धारा प्रदान हुने गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएको ऐतिहासिक क्षणमा समस्त विद्यार्थी, शिक्षक, अभिभाव, क्याम्पस सभा सदस्य, सञ्चालक समिति, चन्द्रागिरि नगरपालिका परिवार तथा विश्व विद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर क्यूएए टिम, पीआरटी टिमलाई क्याम्पस प्रमुखले हार्दिक आभार व्यक्त गरे ।

Scroll to Top