“काँचो धागो” मञ्चन हुँदै

काठमाडौं । युवा रंगकर्मी मुक्तिको लेखन तथा अशान्त शर्माको परिकल्पना, निर्देशनमा तयार भएको नाटक काँचो धागो भाद्र ६ गतेदेखि मञ्चन हुँदैछ !

टेकुस्थित कौसी थिएटरमा मञ्चन हुनलागेको “काँचो धागो” नाटक मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोडेर तयार गरिएको बताइएको छ !

गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटना, घटनासँग सम्बन्धित मानव तथा मानवेत्तर पात्रहरूको कथा भएपनि नाटकले नेपालका अधिकांश पहाडी गाउँहरूको वर्तमान अवस्थालाई चित्रण गरेको “काँचो धागो”का निर्देशक अशान्त शर्माले बताए ।

काँचो धागोमा मुक्ति , आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल , निष्ठा त्रिपाठी , पूर्णिमा आचार्य, मिरा खड्का , कविर काफ्का र कृष राईको अभिनय रहेको छ ।

नाटक मंगलबार बाहेक हरेकदिन साँझ ५:१५ बजे र शनिबार १ बजे अतिरिक्त शो सहित टेकुस्थित कौशी थिएटरमा भाद्र ६ गतेदेखि २९ गतेसम्म नियमित मञ्चन हुनेछ !

Scroll to Top