काठमाडौँ महानगरमा ४ हजार ६२४ जनाले कक्षा ११ को छात्रवृत्ति पाउने

काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ ।

विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका आधारमा शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो । 

Scroll to Top