काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने कान्ति लोकपथ अवरुद्ध

काठमाडौँ ।  शनिबार राति परेका पानीका कारण आएको पहिरोले काठमाडौंबाट मकवानपुरको हेटौंडा जाने कान्ति लोकपथ सडक अवरुद्ध बनाएको हो ।

मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको छ । जसकरण सडक खुल्न निकै समय लाग्ने बताइएको छ । कार्कीबास भन्ने ठाउँमा पनि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

उनका अनुसार करिब ५ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । बाटो खुलाउने प्रयास गरिए पनि धेरै ठाउँ बिगारेकाले समय लाग्ने उनले बताए ।

Scroll to Top